पशु सेवा केन्द्र स्थापना

दैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर २ मा र वडा नम्बर ७ मा पशु सेवा केन्द्र स्थापना गरिएको छ । नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका दुई वटा वडामा शुक्रवार पशु सेवा केन्द्र स्थापना गरिएको  हो ।

पशु सेवा केन्द्र स्थापना पछि स्थानी खुसी भएका छन् । पशु सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले जनताको सेवाका लागि गाउँपालिकाले सक्दो काम गर्दै आएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले जनताको सहज सेवाका लागि पशु सेवा केन्द्रको स्थापना गरिएको बताए ।

केन्द्रबाट पशु नस्ल सुधार, पशुपन्छी विकासका लागि प्रसार, आधुनिक पशुपालन प्रविधि सम्बन्धी परामर्श, प्रचलित ऐन, कानुन तथा कार्यविधि अनुरूप हुने गरी सेवा प्रदायको विकासमा सहयोग, संघ, प्रदेश र गाउँपालिकाबाट सेवा केन्द्रको कार्य क्षेत्र भिन्न सञ्चालन हुने पशुपक्षी क्षेत्रका विभिन्न विकास कार्यक्रमको सहजिकरण लगायतका अन्य सेवाहरू उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार